साताको पहिलो दिन उच्च अंकले बढेको शेयर बजारमा दोस्रो दिन सोमबार नेप्से परिसूचक ५.०१ अंकले वृद्धि भई २९३६.५६ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन सोमबार सामान्य अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २,९३६.५६ को विन्दुमा पुगेको हो।
परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँमा सीमित भयो। नेप्सेका अनुसार कुल ३४२ कम्पनीका तीन करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर एक लाख ५६ हजार ३८१ पटक खरिद-बिक्री भएका छन्।
आजको कारोबारमा मिश्रित परिणाम देखिएको छ। बैंकिङ ०.२७, विकास बैंक ०.५०, होटल तथा पर्यटन ०.८६, जीवन बीमा ०.४८ र निर्जीवन बिमा समूहको उपसूचक ०.०४ प्रतिशतले घटेको छ। त्यस्तै अन्य समूह पनि ०.५९ प्रतिशतले ओरालो लागेको छ।
यता वित्त ०.२०, जलविद्युत् ०.९६, लगानी ०.७२, उत्पादन तथा प्रशोधन १.५३, लघुवित्त ०.४३, म्युचुअल फन्ड ०.८८ र व्यापार समूह ०.०१ प्रतिशतले बढेका छन्।
आजको बजारमा चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सलपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो। सबैभन्दा धेरै गुमाउनेमा सनराइज फस्ट म्युचुअल फन्ड देखिएको छ, जसको शेयर मूल्य ३.७१ प्रतिशतले घटेको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा आज कुमारी बैंक अग्रस्थानमा रहेको छ। सो बैंकको २७ लाख ६८ हजार १०९ कित्ता शेयर ६७ करोड २३ लाख ७८ हजार १५६ रुपैयाँमा खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
