न्युयोर्कको ला गार्डिया विमानस्थलमा एयर क्यानडाको विमान र अग्नि-नियन्त्रक गाडी एकआपसमा ठोक्किँदा दुई पाइलटको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।
सोमबार बिहान न्युयोर्कको ला गार्डिया विमानस्थलको रनवेमा एक विमान दुर्घटना हुँदा उडानहरू प्रभावित भएका छन्। मोन्ट्रियलबाट उडेको एयर क्यानडा एक्सप्रेसको यात्रुवाहक जहाज अवतरणका क्रममा रनवेमा रहेको अग्नि-नियन्त्रक गाडी (दमकल)सँग ठोक्किएको हो। सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा विमानको ककपिट क्षेत्र र अघिल्लो भागमा गम्भीर क्षति पुगेको देखिएको छ।
उक्त दुर्घटनामा विमानका दुई पाइलटको मृत्यु भएको पुष्टि भएको छ। ७२ यात्रु र चार चालक दलका सदस्य सवार उक्त विमान स्थानीय समयअनुसार आइतबार साँझ मोन्ट्रियलबाट न्युयोर्क आइपुगेको थियो। दुर्घटनापछि ४१ यात्रु र चालक दलका सदस्यका साथै ग्राउन्ड गाडीमा रहेका दुई अधिकारीलाई तत्काल अस्पताल लगिएको छ। घाइतेमध्ये ३२ जना डिस्चार्ज भइसकेका छन् भने केहीको अवस्था गम्भीर रहेको छ।
न्युयोर्क शहरको अग्नि नियन्त्रण विभागले ला गार्डिया विमानस्थल वरपर सडक बन्द, ट्राफिक ढिलाइ र उडान रद्द हुन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क गराएको छ। बन्दरगाह प्राधिकरणकी कार्यकारी निर्देशक क्याथरिन गार्सीयाका अनुसार अनुसन्धानका लागि विमानस्थल स्थानीय समयअनुसार कम्तिमा १४:०० बजेसम्म बन्द रहनेछ।
राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान शुरू गरेको छ। कार्यकारी निर्देशक गार्सीयाका अनुसार अनुसन्धान टोलीले दुर्घटनाको समयमा विमानको गति, हवाई ट्राफिक नियन्त्रण टावरका कर्मचारीहरूको भूमिका र आपत्कालीन उद्धारका प्रक्रियाहरूका बारेमा सूक्ष्म अध्ययन गर्नेछ।
विमानस्थल बन्द हुँदा अमेरिकन एयरलाइन्स, डेल्टा, साउथवेस्ट, युनाइटेड र एयर क्यानडा लगायतका सयौँ उडानहरू प्रभावित भएका छन्। धेरैजसो उडानहरू रद्द गरिएका छन् भने केहीलाई ढिलो गरी तालिका मिलाइएको छ। यात्रुहरूलाई उडानको पछिल्लो जानकारीका लागि विमानस्थलको वेबसाइट हेर्न आग्रह गरिएको छ।
न्युयोर्क शहरको क्विन्स बरोमा अवस्थित ला गार्डिया अमेरिकाकै व्यस्त विमानस्थलमध्ये एक हो। यहाँबाट वार्षिक ३ करोड २० लाखभन्दा बढी यात्रुले यात्रा गर्छन्। सन् २०१५ देखि यस विमानस्थलको पुनर्विकासका लागि ८ अर्ब डलरको परियोजना सञ्चालन भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
