४ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो।