नयाँ सरकार गठनपछिको पहिलो कारोबार दिन नेप्से परिसूचक ७१.०५ अंकले घटेर २,८७९.११ को बिन्दुमा झरेको छ भने १५ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
काठमाडौँ— नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ। आइतबार नेप्से ७१.०५ अंकले घटेर २,८७९.११ को बिन्दुमा कायम भएको छ। यो अघिल्लो दिनको तुलनामा २.४० प्रतिशतको गिरावट हो।
आज ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर एक लाख ९६ हजार १५८ पटक खरिदबिक्री हुँदा १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा सबै समूहका उपसूचक घटेका छन्। कुल २५५ कम्पनीको शेयर मूल्य घट्दा १० वटाको मात्र बढेको छ।
रिलाइन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर र रिजलाइन हाइड्रोपावर इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.१७ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
