यो साताको शुरूआती दुई दिन लगातार उच्च अंकले घटेको नेप्से परिसूचकमा मंगलबार भने १९.७० अंकको सुधार देखिएको छ।
काठमाडौँ— यो साता कारोबारको शुरूआती दुई दिन उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार भने दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक १९.७० अंकले बढेर २,८५१.०९ को विन्दुमा कायम भएको हो।
यस दिन ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर १ लाख ३७ हजार ८५७ पटक खरिद–बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा म्युचुअल फन्ड ०.०९ र अन्य समूह ०.५५ अंकले घटेका छन् भने अरू सबै समूहका उपसूचक बढेका छन्। बैंकिङ ०.७६, विकास बैंक ०.९०, वित्त १.१२, होटल तथा पर्यटन १, जलविद्युत् ०.७५ र लगानी समूह ०.५६ प्रतिशतले बढेको छ।
त्यस्तै, जीवन बिमा ०.५२, उत्पादन तथा प्रशोधन १.९४, लघुवित्त ०.५१, निर्जीवन बिमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशतले बढेको छ।
आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिजलाइन इनर्जी र होटल फरेस्ट इनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.९६ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै रिदी पावरको ४८ करोड ४८ लाख ४६ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएको सेयर संख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैंकको १५ लाख ६० हजार ६१ कित्ता सेयर खरिद–बिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
