इरानको खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेका छन्। खार्ग टापु इरानको अर्थतन्त्रका लागि मेरुदण्ड मानिन्छ, जहाँ देशको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन र भण्डारण ट्यांकहरू रहेका छन्।
इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका र इजरायलले शृंखलाबद्ध आक्रमण गरेका छन्। इरानको मेहर समाचार एजेन्सीका अनुसार ‘अमेरिकी–जायोनिस्ट शत्रु’ले खार्ग टापुका धेरै स्थानमा आक्रमण गरेको र त्यहाँ ठूला विस्फोटका आवाजहरू सुनिएका छन्।
एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमण सैन्य लक्ष्यहरूमा मात्र केन्द्रित रहेको जनाएका छन्। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार खार्ग टापुमा रहेका इरानी सैन्य पूर्वाधारलाई निशाना बनाइएको भए तापनि तेल निर्यातसँग सम्बन्धित संरचनामा क्षति नपुगेको दाबी गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार नष्ट गर्ने धम्की बारम्बार दिँदै आएका छन्। मंगलबार मात्र उनले ‘पूरै सभ्यता नै नष्ट हुन सक्छ’ भन्दै चेतावनी दिएका थिए। खार्ग टापु इरानको अर्थतन्त्रका लागि मेरुदण्ड मानिन्छ, जहाँ देशको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन र भण्डारण ट्यांकहरू रहेका छन्। यो टापु रणनीतिक रूपमा महत्त्वपूर्ण स्टेट अफ होर्मुज नजिक अवस्थित छ।
यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बुडापेस्टमा बोल्दै खार्ग टापुमा गरिएको आक्रमणले अमेरिकी रणनीतिमा कुनै परिवर्तन नभएको बताए। उनले भने, “हामीले केही सैन्य लक्ष्यहरूमा प्रहार गरेका छौँ, तर जबसम्म इरानी पक्षबाट गम्भीर चुनौती आउँदैन, हामी ऊर्जा र नागरिक पूर्वाधारमा प्रहार गर्ने छैनौँ।” भान्सका अनुसार ट्रम्प प्रशासन अझै पनि वार्तामार्फत द्वन्द्व अन्त्य गर्न सकिनेमा विश्वस्त छ।
राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार त्याग्न र बन्द गरिएको तेल ट्रान्जिट जलमार्ग पुनः खोल्न माग गरिरहेका छन्। अमेरिकाले इरानबाट बुधबार राति ८ बजेसम्ममा ठोस प्रतिक्रियाको अपेक्षा गरेको छ।
नाम नबताउने शर्तमा एक अमेरिकी अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार मंगलबार बिहान सबेरै गरिएका आक्रमणहरूमध्ये केही यसअघि नै प्रहार गरिएका सैन्य साइटहरूलाई नै पुनः लक्षित गरी गरिएका थिए। यसअघि मार्च १३ मा पनि अमेरिकाले खार्ग टापुका ९० भन्दा बढी सैन्य लक्ष्यमा बमबारी गरेको थियो।
हालको आक्रमणले इरानको तेल निर्यात क्षमतामा कस्तो असर पार्छ भन्नेबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ। तर अमेरिकी पक्षले भने तेल पूर्वाधार सुरक्षित रहेको दाबी गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
