प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।
काठमाडौँ-प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार गरिएको सिफारिस बदर गरी पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गर्दै रिट पेश गरेका हुन्। उक्त रिट दर्ता भने भइसकेको छैन।
संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्नु प्रथम दृष्टिमै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको उनले बताए। यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने एवम् न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजिएको उनको जिकिर छ।
यसैबीच शुक्रबार नियमित समयमा पेसी व्यवस्थापन भएन। चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको दोस्रो दिन नियमित समयभन्दा ढिलो मात्रै पेसी व्यवस्थापन भएको हो।
सर्वोच्च अदालतका प्रवक्ता सहसचिव अर्जुनप्रसाद कोइरालाले भने प्राविधिक कारणले दैनिक पेसी सूची निक्लन ढिला भएको जानकारी दिएका छन्। यसअघि बिहान साढे ९ बजेतिर नै पेसीका लागि गोला तानिन्थ्यो। तर, आज न्यायाधीशहरू गोला तान्नु अघि नै छलफलमा व्यस्त भएका कारणले ढिलाइ भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
