राष्ट्रियसभाको सोमबारको बैठक अध्यक्ष नारायणप्रसाद दाहालले १० मिनेटका लागि स्थगित गरेका छन्।
काठमाडौँ– राष्ट्रियसभाको सोमबारको बैठक १० मिनेटका लागि स्थगित भएको छ। अध्यक्ष नारायणप्रसाद दाहालले बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी सभालाई दिए।
बैठकको प्रारम्भमा अध्यक्ष दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेका थिए। बैठकमा उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए।
जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण
राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले संविधान र कानूनको परिधिभित्र रहेर जनअपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको सोमबारको बैठकमा उनीहरूले महँगी नियन्त्रण र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिई अविलम्ब राहत प्याकेज घोषणा गर्न सरकारसँग आग्रह गरे।
नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले सरकारका सकारात्मक कदमलाई आफ्नो दलले समर्थन गर्ने उल्लेख गर्दै संविधान र कानुनमाथि कोही नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्। "लोकतान्त्रिक विधि, पद्धति, संसदीय सर्वोच्चताको उच्च सम्मान गर्दै जनआकांक्षा पूरा गर्नेतर्फ सरकार गम्भीर बनोस्, सरकारलाई शुभकामना छ," उनले भनिन्।
नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले जनआकांक्षा सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता प्रेमप्रसाद दंगालले प्रक्रिया छोट्याएर कानून बनाउन सकिने अवस्था हुँदाहुँदै अध्यादेश जारी गरिँदा संसद्को गरिमा कमजोर हुने बताए।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले संविधानका विषयवस्तुबारे आफूहरूको असन्तुष्टि रहेको उल्लेख गर्दै संविधान संशोधनका क्रममा ती विषय सम्बोधन हुने विश्वास व्यक्त गरे।
राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता तुलप्रसाद विश्वकर्माले सुकुम्बासी बस्ती व्यवस्थापन, अध्यादेशलगायत सरकारका पछिल्ला कामकारबाहीले प्रश्न उठाएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
