सुदूरपश्चिम र लुम्बिनीका तराई भूभागमा तातो दिन हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत बाँकी  हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशलगायत बागमती र गण्डकी  प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।