२४ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यका साथ अमेरिका पुगेको ब्राजिल पहिलो खेलमा अफ्रिकी देश मोरक्कोसँग बराबरीमा रोकिएको छ।
फिफा विश्वकप २०२६ मा ब्राजिलले पहिलो खेल मोरक्कोसँग बराबरी खेलेको छ। आइतबार बिहान संयुक्त राज्य अमेरिकाको न्यू जर्सी स्टेडियममा भएको समूह 'सी'को पहिलो खेलमा ब्राजिल र मोरक्कोले १-१ गोलको बराबरी खेले।
मोरक्कोलाई अग्रता दिलाउन खेलको २१ मिनेटमा इस्माइल साइबारीले गोल गरेका थिए। तर ३२ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरले आकर्षक गोल गर्दै खेलमा फर्काएका थिए। त्यसपछि दुवै पक्षबाट गोल हुन सकेन।
ब्राजिलले यसअघि पाँच पटक फिफा विश्वकपको उपाधि जितेको छ। पछिल्लो पटक सन् २००२ मा ब्राजिलले उपाधि जितेको थियो। त्यसबेला दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए।
गएराति नै भएको अर्को खेलमा कतार र स्वीटजरल्याण्डले पनि १-१ गोलको बराबरी खेलेका छन्। अमेरिकाकै सान फ्रान्सिस्कोमा भएको खेलको १७ मिनेटमा स्वीटजरल्याण्डले पेनाल्टीमार्फत गोल गरेको थियो। तर इन्ज्युरी समयमा स्वीटजरल्याण्डकै मिरो मुहेमले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको हो।
भर्खरै सकिएको आजको तेस्रो खेलमा भने स्कटल्यान्डले हाइटीलाई १-० गोल अन्तरले पराजित गरेको छ। स्कटल्यान्डका लागि खेलको २९औँ मिनेटमा जोहन म्याकगिनले गरेको गोल नै निर्णायक भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
