रिङ्कु कुमारी सिंहको मृत्यु घटनामा माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले उनका पति, ससुरा र सासूलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको छ।
महोत्तरी– बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले उनका पति, ससुरा र सासूलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको हो।
जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति स्थानीय रिङ्कु कुमारी सिंह मृत फेला परेकी थिइन्। उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए। पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
मृतक रिङ्कुका बुबा गौशाला नगरपालिका–११ बस्ने शत्रुधन महतोले छोरीको मृत्युको घटनामा संलग्न रहेको आरोपमा निजका पति, ससुरा, सासू, नन्द र नन्दका पतिविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरी परेपछि प्रहरीले घटना घटेकै दिनदेखि फरार रहेका उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो। घटनामा नाम जोडिएका नन्द र नन्दका पति भने अझै फरार छन् र उनीहरूको खोजी भइरहेको प्रहरी प्रवक्ता गोलेले जानकारी दिए।
२५ वर्षीया रिङ्कु गत जेठ २९ गते शुक्रबार राति ८ः०० बजे आफ्नै दुईतले पक्की घरको आफू सुत्ने कोठामा पङ्खा झुन्ड्याउने सिलिङमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। छोरीको शंकास्पद मृत्यु भएपछि आक्रोशित बनेका माइती पक्षले उनको हत्या गरिएको भन्दै घरमा तोडफोड र गाडीमा आगजनीसमेत गरेका थिए।
मृतकका बुबा शत्रुधनले छोरीका पति शशिले अर्को बिहे गरेपछि घरमा विवाद शुरू भएको बताएका छन्। पतिसहित घरका सबै सदस्यले छोरीलाई सम्बन्धविच्छेदका लागि दबाब दिँदै आएको उनको आरोप छ। उनले घरपक्षले छोरीलाई लामो समयदेखि पटक-पटक कुटपिट, गालीगलौज, शारीरिक यातनाका साथै घर निकाला गरिदिने धम्की दिँदै आएको समेत उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
