भेनेजुएलामा आएको भूकम्पका कारण हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ मानिस घाइते भएका छन्।
भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताएका छन्।
अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिगेजले टेलिग्राममार्फत ६ हजार ४६२ जनाको उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको जानकारी दिएका छन्।
भूकम्पले ८८५ भवनहरू क्षतिग्रस्त भएको र अन्य १८९ भवनहरू पूर्ण रूपमा ध्वस्त भएको उनले बताएका छन्। अधिकारीहरूले प्रकोप प्रभावितहरूलाई राख्न ५९ वटा अस्थायी शिविरहरू स्थापना गरेको जनाएका छन्।
भेनेजुएलामा आपातकालीन अवस्थाको सामना गर्न तीन हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र २९ हजार ५६७ जना आपातकालीन प्रतिक्रियाकर्ता देशभर तैनाथ रहेको उनले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
