कंगोमा इबोला भाइरसको संक्रमण समुदायस्तरमा तीव्र रूपमा फैलिँदा संक्रमितको संख्या एक हजार ५२८ पुगेको छ।
डेमोक्रेटिक रिपब्लिक अफ द कंगोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा संक्रमितको संख्या एक हजार ५२८ र मृतकको संख्या ४९२ पुगेको छ।
कंगोका जनस्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना संक्रमित निको भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र वा अस्पतालमा उपचाररत छन्। यसका साथै १८५ जना शंकास्पद बिरामीको पनि पहिचान गरिएको छ।
प्रतिवेदनमा पछिल्ला साताहरूमा नयाँ संक्रमितको संख्या निरन्तर बढ्दै गएको उल्लेख छ। महामारीको गणनाअनुसार २५औँ र २६औँ सातामा प्रत्येक साता ३०० भन्दा बढी नयाँ संक्रमण पुष्टि भएको छ। यसले समुदायस्तरमा संक्रमण अझै सक्रिय रूपमा फैलिरहेको संकेत गरेको अधिकारीहरूले बताएका छन्।
प्रतिवेदनमा मृत्युपश्चात् नमूना संकलनमा समुदायको असहयोग तथा विशेषगरी उत्तर किभुमा रहेका इबोला उपचार केन्द्रको सीमित क्षमतालगायतका चुनौती उल्लेख गरिएको छ। संक्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न नसकिएको अवस्था र प्रयोगशाला परीक्षणमा हुने ढिलाइले पनि संक्रमण नियन्त्रणमा कठिनाइ उत्पन्न गरेको छ। साथै, औषधि एवं संक्रमण नियन्त्रणसम्बन्धी सामग्रीको अभाव, असुरक्षा र प्रभावित केही क्षेत्रमा सीमित पहुँचका कारण महामारी नियन्त्रणका प्रयासहरू प्रभावित भएका छन्।
विश्व स्वास्थ्य संगठनले जनाएअनुसार ‘बुन्डिबुग्यो’ भाइरसबाट हुने इबोलाको सम्भावित उपचारको प्रभावकारिता मूल्यांकन गर्न कंगोमा क्लिनिकल परीक्षण शुरू गरिएको छ। उक्त भाइरसका कारण हुने इबोलाका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
