आन्दोलनलाई दबाउन फेरि प्रहरी बलको अत्यधिक प्रयोग गरिने छैन भन्नेमा पनि आफू आशावादी रहेको उनले बताएका छन्।
भारतीय शिक्षाविद् तथा वातावरण अभियन्ता सोनम वाङचुकले आफ्नो अनशन तोड्ने विषयमा त्यहाँको सरकारलाई पत्र लेख्दै एक अपील गरेका छन्।
उनले सरकारबाट आश्वासन पाएपछि शान्तिपूर्ण रूपमा विरोध गरिरहेका विद्यार्थीहरूलाई पनि तत्कालका लागि आन्दोलन बन्द गर्न र सरकारसँग वार्ता शुरू गर्न आफूले आग्रह गर्ने बताएका छन्।
भारतीय जनता पार्टीका नेता जेपी नड्डा र जितेन्द्र सिंहलाई लेखेको पत्रमा उनले भनेका छन्, "हिजो राति अस्पतालमा मलाई भेट्न आउनुभएकोमा र मेरो अनशन अन्त्य गर्न अपील गर्नुभएकोमा धन्यवाद। हाम्रो कुराकानीको क्रममा तपाईंले मलाई आश्वासन दिनुभयो कि सरकारले हाम्रा मुद्दाहरूलाई सकारात्मक रूपमा विचार गर्नेछ।"
"उदाहरणका लागि, परीक्षाको प्रश्नपत्र चुहावटपछि आत्महत्या गर्ने विद्यार्थीहरूको परिवारलाई पर्याप्त क्षतिपूर्ति प्रदान गरिनेछ। र माननीय शिक्षा मन्त्रीको राजीनामाको बारेमा विचार सहित जवाफदेहिता सुनिश्चित गर्न संसदमा अर्थपूर्ण छलफल हुनेछ।"
उनले पत्रमा थप भनेका छन्, "यदि सरकारले त्यस्तो आश्वासन दियो भने मैले सरकारले मेरो अपील मात्र सुनेको नभइ लाखौं भारतीय युवाको आकांक्षा पनि बुझेको छ भन्ने विश्वासका साथ म अनशन अन्त्य गर्नेछु। तर यदि मलाई त्यस्तो आश्वासन दिइएन भने, म अनिश्चितकालसम्म अनशन जारी राख्न बाध्य हुनेछु।"
आन्दोलनलाई दबाउन फेरि प्रहरी बलको अत्यधिक प्रयोग गरिने छैन भन्नेमा पनि आफू आशावादी रहेको उनले बताएका छन्।
नीट पेपर लीक भएपछि, ककरोच जनता पार्टीले दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरिरहेको छ। प्रदर्शनकारीहरूले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागिरहेका छन्। सोनम वाङचुक पनि यही मागको लागि जुन २८ देखि आमरण अनशनमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
