काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.६४ अङ्कले घटेर दुई हजार ६९६.६७ मा ओर्लिएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७० अङ्कले घटेर ४७०.७९ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक ०.३१ अङ्कले घटेर १८५.२२ र सेन्सेटिभ फ्लोट सूचक ०.१८ अङ्कले घटेर १५९.७० मा सीमित भएको छ। आज विभिन्न कम्पनीका एक करोड चार लाख २१ हजार ८६३ कित्ता सेयर रु चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार ५४२ मा खरिद-बिक्री भएका छन्।
कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूह बढेका छन् भने नौ उपसमूह घटेका छन्। आज ९८ कम्पनीको सेयर मूल्य बढ्यो भने १६६ कम्पनीको घट्यो। त्यसैगरी १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
नेप्सेका अनुसार आज एभरेस्ट कलर लिमिटेड, लक्ष्मी उन्नति कोष र गरिमा समृद्धि योजनाका लगानीकर्ताले कमाएका छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्विटी फन्ड र मेगा म्युचुअल फन्डलगायतका लगानीकर्ताले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
