झापामा बर्सेनि मानव-हात्ती द्वन्द्व बढ्दै जाँदा पछिल्लो १६ वर्षमा ८० जनाले ज्यान गुमाएका छन् भने यसै अवधिमा २८ वटा जङ्गली हात्ती पनि मारिएका छन्।
भद्रपुर– झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ। पछिल्लो १६ वर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यसै अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन्।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विसं २०६७ असार ३ गतेदेखि विसं २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको अभिलेख छ। यो तथ्याङ्क अनुसार झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका छन्।
कार्यालयको तथ्याङ्क अनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो। उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा भने छ जनाले ज्यान गुमाएका छन्। मृतकका परिवारलाई जनही रु १० लाखका दरले राहत उपलब्ध गराइएको प्रमुख यादवले जानकारी दिए।
अभिलेख अनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात-सात, २०७० मा तीन, २०७१ मा दुई, २०७२ मा चार, तथा २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच-पाँच जनाको मृत्यु भएको थियो। यस्तै २०७५ र २०७६ मा एक-एक, २०८० मा आठ, २०८१ मा चार तथा आर्थिक वर्ष २०८२/८३ मा छ जनाको मृत्यु भएको छ।
मानव-हात्ती द्वन्द्वको असर मानिसमा मात्र नभई हात्तीमा पनि उत्तिकै परेको प्रमुख यादवले बताए। कार्यालयका अनुसार विसं २०६२ यता हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन्। सबैभन्दा बढी विसं २०८२ मा मात्रै छ वटा हात्ती मारिएको उनले जानकारी दिए।
प्रमुख यादवका अनुसार वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु द्वन्द्व बढ्नुका प्रमुख कारण हुन्। द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी तथा उद्धारका गतिविधि सञ्चालन भइरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
