सुरक्षा अवस्था सामान्य बन्दै गएपछि गोलबजारमा जारी कर्फ्यु हटाइँदै

गोलबजार क्षेत्रमा सुरक्षा अवस्था सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले आज साझदेखि लागू हुने गरी कर्फ्यु हटाउने निर्णय गरेको छ।

जनकपुरधाम– सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश आज राति ७:०० बजेदेखि हटाइने जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यु आदेश २०८३ साउन १७ गते राति ७:०० बजेदेखि हटाइने उल्लेख छ।

गोलबजार क्षेत्रमा केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यु हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ।