रवीन्द्र ढाँट ‘रोड टू यूएफसी सिजन–५’ को फाइनलमा

एमएमए फाइटर रवीन्द्र ढाँट न्यूजिल्यान्डका कासिब मर्डोकलाई हराउँदै 'रोड टू यूएफसी सिजन-५' को फाइनलमा प्रवेश गरेका छन्।

फाइल तस्वीर

काठमाडौँ– नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँट ‘रोड टू यूएफसी सिजन–५’ को फाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार भएको सेमिफाइनलमा न्यूजिल्यान्डका कासिब मर्डोकलाई हराउँदै उनी उपाधिनजिक पुगेका हुन्। तीन राउन्डको प्रतिस्पर्धामा अन्तिम चरणतिर शानदार पुनरागमन (कमब्याक) गर्दै रेफ्रीको निर्णयका आधारमा रवीन्द्र विजयी भए।

उनले अब स्वर्ण उपाधिका लागि फाइनलमा जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन्।