वडा सदस्यले घरमै लुकाएर राति-राति महँगोमा बिक्री गर्दै आएको रासायनिक मल प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
जनकपुरधाम– धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट ठूलो परिमाणमा रासायनिक डीएपी मल बरामद गरेको छ।
वडा सदस्य साहले लुकाइछिपाइ डीएपी मल घरमा राखेको र रातिको समयमा महँगो मूल्यमा बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी ९०० बिघाबाट खटिएको टोलीले करिब ४०० बोरा डीएपी मल बरामद गरेको हो।
वडा सदस्य साहको घरबाट बरामद भएको सो रासायनिक मलको स्रोत नभेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
नियन्त्रणमा लिइएको मल ट्याक्टरमा लोड गरेर इलाका प्रहरी कार्यालय धनुषाधाम ल्याउने काम भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। उनका अनुसार बरामद भएको मलको यकिन सङ्ख्या र त्यसको स्रोतबारे थप अनुसन्धान भइरहेको छ। वडा सदस्य साह फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
