मुगुको कार्मारोङमा शनिबार गएको पहिरोमा परेर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य आठ घर परिवार विस्थापित भएका छन्।
कर्णाली– मुगुको मुगुम कार्मारोङ गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा च्यापिएर एक जना बालकको मृत्यु भएको छ। रारा छायानाथ नगरपालिका-१३ तिर्प घर भई पुलु बजारस्थित पेमा लामाको घरमा होटल व्यवसाय गर्दै आएका ३२ वर्षीय जगनाथ बडुवालका तीन वर्षीय छोरा रमेश बडुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।
उनका अनुसार आज बिहान गएको पहिरोमा च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी नायब निरीक्षक वीरबहादुर चन्द नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो। उद्धारपछि उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएकामा बालकको उपचारका क्रममा मृत्यु भएको उनले बताए।
उक्त पहिरोबाट जगनाथ र उनकी श्रीमती सिर्जना बडुवाललाई सामान्य चोट लागेको छ। लामाको घर पूर्ण रूपमा क्षति भएको र अन्य आठ घर पहिरोको जोखिममा रहेको जनाउँदै प्रहरी नायब उपरीक्षक थपलियाले ती घरका परिवारलाई आफन्तकोमा र बाँकी आठ जनालाई पुलु स्वास्थ्य चौकीमा राखिएको बताए।
घटनाको थप अनुसन्धान तथा उद्धारका लागि मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा पाँच र प्रहरी चौकी छायलबाट प्रहरी हवल्दार गोपाल सार्कीको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ पठाइएको छ। पुलु पुग्न मुगु सदरमुकामबाट सात घण्टा पैदल हिँड्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
