काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्।
सोमबार प्रतिनिधिसभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा १७२ सांसदले मत दिएका हुन्। त्यस्तै, विपक्षमा ८९ सांसदले मत दिए। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। प्रतिनिधिसभामा २६२ सदस्यको उपस्थिति रहेको थियो।
नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार दाहालले प्रतिनिधिसभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले उनलाई प्रतिनिधिसभाको विश्वास रहेको सभामुख देवराज घिमिरेले सदनमा जानकारी दिए।
उनको पक्षमा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतले विश्वासको मत दिएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए। २७० जना प्रतिनिधिसभा सदस्य उपस्थित रहेको बैठकमा उनको विश्वासको मतका पक्षमा २६८ मत परेको थियो भने दुई जना सांसद विपक्षमा उभिएका थिए।
राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच समझ्दारी हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिए प्रधानमन्त्रीले पुनः विश्वासको मत लिएका हुन्। राप्रपाले फागुन १३ गते र एमालेले १५ गते समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
