तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुरानो ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ।
काठमाडौँ– तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुरानो ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल र नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच भएको शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउने पहल सुरु भएको हो।
भेटका क्रममा डङ्गोलले भनिन्, “काठमाडौँबाट चोरी गरी विदेशका सङ्ग्रहालयमा पुर्याइएका पुरातात्त्विक महत्त्व बोकेका वस्तु कानुनी र कूटनीतिक प्रक्रिया पूरा गरेर आफ्नै देशमा फर्काउने अभियानमा हामी छौँ।”
कुराकानीका क्रममा कार्यवाहक राजदूत स्कट अर्बमले राखेको जिज्ञासामा डङ्गोलले विधिको पालना र मानव अधिकारप्रति पूर्ण प्रतिबद्ध रहँदै नागरिकको अपेक्षामा आधारित योजनालाई प्राथमिकता दिएको बताइन्।
तलेजु भवानी (तुलजा भवानी) विशेषगरी नेवार समुदायकी इष्टदेवी तथा मल्लकालदेखिका शक्ति, शासन र समृद्धिका प्रतीक हुन्। उनलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पुजिन्छ।
कर्नाटवंशी राजा हरिहरसिंह देवले १४औँ शताब्दीमा तलेजु भवानीलाई नेपाल भित्र्याएका थिए। त्यसपछिका मल्ल राजाहरूले तलेजुलाई आफ्नो राज्यको प्रमुख संरक्षक र कुलदेवी मानेको इतिहासमा पढ्न पाइन्छ।
नेवार समुदायमा तलेजु भवानीलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ। तलेजु मन्दिरका पुजारीलाई कर्माचार्य भनिन्छ र यो पूजा परम्परा गोप्य हुन्छ। हनुमानढोका, भक्तपुर र पाटनका तलेजु मन्दिरहरू यहाँ प्रसिद्ध छन्। यी मन्दिर वर्षको एकपटक अर्थात् दसैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
