साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ।
काठमाडौँ– साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाएको छ।
बुधबार अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले एन्थोनी गोर्डनको गोलबाट ५५औँ मिनेटमा अग्रता लिएको थियो। तर अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
अर्जेन्टिनाका लागि ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले बराबरी गोल गरे। त्यसपछि इन्ज्युरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले लियोनल मेसीको क्रसमा हेडमार्फत निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्याए।
यो जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ। उपाधिका लागि उसले फाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। पराजित इंग्ल्यान्डले अब तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
