AnonymousUser

Logout

सडकले देखाएको समाजको ऐना

ठूलाले वा सक्नेले साना वा नसक्नेलाई पेल्ने अभ्यास सडकमा मात्र होइन, नेपालका लगभग सबै क्षेत्रमा देख्न पाइन्छ। सडक (अ)सभ्यता नेपाली समाजलाई चियाउने एउटा आँखीझ्याल पनि हो।

जेनजी विद्रोहपछि झनै सुस्त बजार

त्रासपूर्ण वातावरणका कारण निजी क्षेत्रले कर्जा लिने हिम्मत तत्काल नदेखाएकाले बैंकमा तरलता झनै थुप्रिएको छ। बैंकहरूले ब्याजदर क्रमिक रूपले घटाउँदै लगेका छन्, तर यसले कर्जाको माग बढाउन सकेको छैन।

फुकुयामाको सुशासनको मोडलमा ‘जेनजी’अघि र पछिको नेपाल

राणाकाल, पञ्चायतकाल र पुराना नेताले चलाएको लोकतन्त्रमा संरक्षक-ग्राहक सम्बन्धले सुशासनलाई बिगारेको छ। राणाकालमा संरक्षकका रूपमा राणाहरू हुन्थे र ग्राहकका रूपमा भारदार, कर्मचारी र व्यापारी हुन्थे।

नायक–खलनायकको धर्सो, सरकारका ५ चुनौती

आवेगको राप र ताप सेलाउँदै जाँदा आन्दोलनप्रति निराशा फैलिन्छ र प्रतिक्रियाहरू देखिन थाल्छन्। पोस्टरमा देखिएका अगुवाहरूको जन्मपत्री खोतलिन थाल्छ।

फैलँदो सर्वसत्तावाद: प्रतिरोध गरौँ

औपनिवेशिक धनको मैमत्तामा हुर्किएको पश्चिमा सभ्यताले फैलाएको हो यस्तो घृणा। खासमा भन्दा  एङ्लो–याङ्की विचार अनैतिक रूपले नाफाको लालच बोकेर विज्ञान प्रविधिमाथि कब्जा जमाउनतिर लागेको छ।

विकल्प: सर्वव्यापी, समूल रूपान्तरण

केपी शर्मा ओलीको चरित्रमा सन्निहित असहिष्णुता, सर्वज्ञानी छु भन्ने भ्रम, हेपाहा प्रवृत्ति र मूढता नै यस विस्फोटन र विध्वंसको अन्तिम कारक तत्त्व हो।

जेन–जी आन्दोलन

देशले के पायो, के गुमायो?

असक्षम, अधिनायकवादी, अहंकारी तथा झुटलाई सत्य साबित गर्न माहिर ओलीको शासन शैलीबाट देशवासी वाक्कदिक्क भइसकेका थिए। ओली भने ‘सरकार तोपले प्रहार गरे पनि नढल्ने’ भन्दै डुक्रँदै थिए।

राजनीतिक दलको पुस्तान्तरणमा लैंगिक दृष्टि

नेपालमा पहिलोपटक महिला प्रधानमन्त्री हुनु केवल लैंगिक उपलब्धि मात्र होइन, सामाजिक पुरुषवादी मानसिकता परिवर्तनको शुरूआत पनि हो।

देउवाकाे 'ग्रेसफुल एक्जिट'का कारण

जेन–जी विद्रोहले पार्टीहरूको आन्तरिक, अन्तर पार्टी र समग्र राज्यकै पुरानो शक्ति सन्तुलन र राजनीतिक औचित्य समाप्त पारेपछि पनि ‘सम्मानजनक’ बर्हिगमनका लागि देउवा त्यसै तयार भएका होइनन्।

पहिरोले बिथोलेको दार्जिलिङको दशैँ

पुच्छार घरमा पाकेको परिकारको बास्ना सिरान घरले थाहा पाउँथ्यो। अनि पो दशैँ आउँथ्यो। केटाकेटीको कोकोहोलो हुन्थ्यो अनि पो पूरै गाउँ रमाउँथ्यो।

आन्दोलनपछिको अन्योल: अब के गर्ने?

सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु नागरिकको कर्तव्य हो र जानीजानी ध्वंस गरे अपराध ठहर्छ। अपराध ठूलो वा सानो हुँदैन। विधिको शासन चाहन्छौँ भने दण्डहीनता अस्वीकार्य हुनुपर्छ।

अन्तर्राष्ट्रिय असफलता दिवस:  गल्तीबाट सिक्नेहरू नै बढ्छन् अघि

मेक्सिकोमा ‘गल्ती गर्दा मात्र सिकिन्छ’ भन्ने कथन प्रचलित छ। ब्राजिलमा प्रायः गल्ती गर्नु मानवीय स्वभाव हो भन्ने शब्द दोहोर्‍याइन्छ, जसले मानवलाई पूर्ण बन्न गल्ती स्विकारेर अघि बढ्ने प्रेरणा दिन्छ।

शुरूमा आत्मबोध चाहियो अनि स्वीकारोक्ति

कुनै विचार र सिद्धान्त मिल्दै नमिल्ने पक्षसँग राजनीतिक एकाकार हुँदै निर्वाचनमा जाने ‘गठबन्धन संस्कृति’ यति खराब थियो कि जनतालाई जनाउनुपर्ने जबाफदेहिता यहीँबाट धुलिसात् हुन थालेको हो।

जेन–जीले बुझ्नुपर्ने संघीयताको मर्म

नेपालमा संघीयता पूर्ण रूपमा कार्यान्वयन नहुँदै सो असफल भयो भन्ने निष्कर्ष कसरी निकाल्न मिल्छ? हाम्रो संघीयतालाई दुराशयपूर्ण ढंगले संविधानमै कमजोर बनाइएको छ।

मेरी अप्सरा…

काम गर्ने घरमा ‘तिमी, तँ’ भन्ने, भुइँमा बस्न लाउने, घरबेटीले लाउने चप्पलधरी अप्सराहरूले लाउन नहुने, शनिबार छुट्टी नदिने, बासी भात  खान दिने गर्दा रहेछन्।

गगन–विश्वप्रकाशहरूलाई अन्तिम आग्रह

नागरिक तहमा पार्टी र पार्टी नेतृत्वको यो तहको असफलता, घृणा, बदनाम, तिरस्कार  र अस्वीकार्यतापछि पनि नेतृत्व बदल्न सक्नुहुन्न भने राजनीतिको घडा बिसाउनुहोस्।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति: समस्या वा समाधान?

म धर्म मान्ने मान्छे होइन, तर राष्ट्रपतीय प्रणाली नेपालले अपनायो भने विश्वको अनुभवको आधारमा नेपाललाई भगवानले रक्षा गरुन् भन्नुपर्ने हुन्छ।

‘आदर्श महिला’को परिभाषाले पिसिएका महिला

घरभित्र–बाहिरको काम बराबरी बाँड्नु, धार्मिक भूमिकामा समान सहभागिता सुनिश्चित गर्नु, श्रमको मान्यता र सराहना गर्नुका साथै आर्थिक पहुँचमा समानता ल्याउनु नै समाधानतर्फको बाटो हो।

‘फिनिसिङ लाइन’ बिनाको गोर्खा दौड

साँप राजा र नाग राजाको बीचमा विकल्पको झन्डा बोकेर दगुरेको झन्डै पाँच दशक पुग्न लाग्दासमेत गोर्खाहरू ‘फिनिसिङ लाइन’ नभेटेर दौडमै छन्। दार्जिलिङका बासिन्दाले आत्मविश्वास गुमाइसकेको स्थिति छ।

पेरिस कम्युनझैँ जेनजी क्रान्ति सिद्ध्याइने त्रास

वि.सं. २००७ देखि २०८२ सम्मका पाँच वटा ठूला र परिवर्तनकारी विद्रोह भए। तीमध्ये वि.सं. २०८२ बाहेक अन्य सबैको नेतृत्व सामन्त–बुर्जुवाको प्रौढ पुस्ताको हातमा थियो।