प्रधानमन्त्री दाहालले देशमा एकथरि तत्त्वहरूले सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको बताएका छन्।
मानवताभन्दा ठूलो धर्म केही नरहेको उल्लेख गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मानवीय सेवामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे।
बागलुङको गलकोटमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले फागुनमा बस्ने महासमिति बैठकले पार्टीलाई दिशानिर्देश गर्ने बताएका छन्।
उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएपछि ‘न्याय पाएको’ चर्चा भइरहेको कांग्रेस वृत्तमा हिजो सभापति देउवाको रक्षाकवचझैँ बनेका बालकृष्ण खाँणको सम्भावित ‘मूभ’ कतातिर होला भन्ने लेखाजोखा हुन थालेको छ।
कांग्रेस नेता मीनबहादुर विश्वकर्माले राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताए।
खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोड्न आदेश दिएको थियो।
शहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको प्रधानमन्त्रीको भनाइ छ।
शुक्रबार बस्ने कार्यसम्पादन समिति बैठकमा महासमिति बैठकको तयारीबारे छलफल हुँदैछ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पुसको चिसोमा बैठक गर्नु उपयुक्त नहुने प्रस्तावमा बैठकमा छलफल हुने बताएका छन्।
माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको कांग्रेस नेता शेखर कोइरालाको आरोप छ। चाँडोभन्दा चाँडो सरकार परिवर्तन गरेर कांग्रेसले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।
ईयूले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने मागसहित रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने रास्वपाले जनाएको छ। जसमा एक दलित महिलासहित चार महिला सदस्य अनिवार्य गरिएको छ। त्यस्तै छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।
कांग्रेसको शेखर कोइराला–गगन थापा समूहका नेताहरूले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्दा मापदण्ड बनाएर नपाएकाहरूलाई मौका दिनुपर्नेमा जोड दिएका छन्।
बुधबार नै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिव तोकेका थिए।
संघीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानून बनाउन लागेको बताइन्।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अब पार्टीले महत्त्वपूर्ण विधेयकहरू संसद्मा अगाडि बढाउन दबाब दिने बताए।
कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ।
रेमिट्यान्स, राजस्व, विदेशी मुद्राको सञ्चिति वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रूपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न नसकेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २०० रहेको औपचारिक जानकारी प्राप्त भएको र उनीहरूको खोजी तथा अध्ययन भइरहेको बताएका छन्।
उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै डिजिटल प्रविधिमा महिलाको पहुँच पुर्याउन सबैको साथ चाहिने पनि बताइन्।