सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरको राजीनामा स्वीकृत गरी रिक्त सदस्य पदमा अच्युतराज पहाडीलाई मनोनीत गरेको छ।
दिगो विकास तथा सुशासन समितिले भूकम्प प्रभावितहरूको उद्धार, राहत र अस्थायी आवासको व्यवस्थापनलगायत विषयमा गृह मन्त्रालयले गरिरहेका कामबारे गृहमन्त्री श्रेष्ठसँग प्रगति विवरण लिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले जोशीको बिनाशर्त अविलम्ब रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गर्ने निर्णय भएको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्रा शुभारम्भ गरेका छन्।
बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको अजेन्डाबारे पनि छलफल भएको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए।
पार्टीका तर्फबाट प्रतिनिधिसभाका सबै सांसदसहित अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव, पुकार बम र कामिनी चौधरी केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल गएको असोजमा १३ दिन विदेशमा थिए। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका उनी त्यहाँबाट सिधै चीन पुगी मानसरोवर र कैलाश पर्वत घुमघाममा केही दिन बिताएका थिए।
प्रस्तावनामा रास्वपालाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीका रूपमा अघि सारिएको छ।
यसअघि रास्वपाका २१ जना प्रतिनिधिसभा सदस्यमध्ये ६ जना मात्र केन्द्रीय सदस्य थिए।
सरकार विकास, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढेको बर्तौलाको भनाइ छ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगसँगको परामर्शमा निर्वाचनको मिति तोकेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटका क्रममा प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका हुन्।
प्रदेश मन्त्रीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर संघीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावनाअनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउने प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री दाहालले डिसेम्बर १–२ मा आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सोमबार नौ वटा समितिका सभापति र समिति–सचिवबीच विचाराधीन विधेयकको अवस्था र समितिको भावी कार्ययोजनाबारे सभामुख घिमिरेले छलफल गरेको संसद् सचिवालयका प्रवक्ता, सहसचिव एकराम गिरीले जानकारी दिए।
कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य विषयमा छलफल गर्न सकिए पनि राजतन्त्र फर्काउने विषयमा कुनै कुरा नहुने बताए।
प्रधानमन्त्री दाहालले वर्तमान परिवर्तनका बाहक राजनीतिक दल, शक्ति र व्यक्ति रहुन्जेल अग्रगमनको चक्कालाई कसैले पछाडि फर्काउन नसक्ने दाबी गरे।
बैठकमा सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सचेतक परियारले बताए।
नेपालमा जलवायु परिवर्तनको असरको अवस्था आकलन गरी कोप–२८ सम्मेलनमा सोही अनुरूप क्षतिपूर्तिको विषय दह्रोसँग राख्नुपर्ने सांसदहरूको भनाइ छ।