पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनाबाट ४ करोड ठगी, पक्राउ परेका सिंहविरुद्ध यसअघि नै दर्ता थिए ७ मुद्दा
रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्।
काठमाडौँ– विभिन्न मुलुकमा आकर्षक रोजगारीमा पठाइदिने भन्दै ४८ जना यवायुवतीसँग चार करोड ३९ लाख ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका–२७ का ५१ वर्षीय मनोजकुमार सिंह भन्ने अनुपकुमार सिंह पक्राउ परेका छन्।
सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर शहरमा सञ्चालित एक होटलबाट कामदारको माग भएकाले उक्त होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले आकर्षक तलबको प्रलोभनमा परी युवायुवतीमाथि ठगी गर्ने गरेका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीबाट उनीहरूलाई पक्राउ गरेको हो। उनले आफू पूर्वराजाको ‘भान्जा’ भएको भन्दै युवायुवतीलाई सहजै ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको थियो।
युवायुवतीलाई विश्वास दिलाउन उनले होटल र आफ्नो कम्पनीबीचको नक्कली रोजगार–सम्झौता, काठमाडौँस्थित बेलायती दूतावासको नक्कली पत्र, नक्कली प्रवेशाज्ञा (भिसा) र हवाई टिकटसहितका कागजात देखाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ।
पैसा बुझाएर पनि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
पक्राउ परेका सिंहविरुद्ध यसअघि अमेरिका र बेलायत पठाइदिने भन्दै ठगी गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँमा चार र ललितपुरमा दुई गरी ६ वटा ठगीसम्बन्धी मुद्दा दर्ता थिए। साथै, पूर्वराजपरिवारको सदस्य भन्दै धाकधम्की दिएको भन्दै प्रहरी वृत्त दरबारमार्गमा अर्को एक मुद्दा दर्ता रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए।
कार्यालयले सिंहको समूहबाट ठगिएका अन्य पीडितलाई पनि कानूनी कारबाहीका लागि आवश्यक कागजातसहित अपराध अनुसन्धान कार्यालय वा जिल्ला प्रहरी परिसरमा जाहेरी दिन अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
