चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको टिमुरे चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो।
पर्वत– गाउँमा सम्भावना नदेखेर युवाहरू पलायन भइरहेका बेला खोलाको पानी सदुपयोग गरी एक पूर्वप्रहरीले वार्षिक ३ करोड रुपैयाँको कारोबार गर्दै आएका छन्।
पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालन गरेर आम्दानी गरिरहेका हुन्। २१ वर्ष लामो प्रहरी सेवा र २०७४ सालको स्थानीय तहको निर्वाचनमा मोदी-२ देउपुरको वडाध्यक्षसमेत जितेका उनी ट्राउन फार्ममा रमाइरहेका छन्।
मोदी-५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा करिब ३० रोपनी क्षेत्रफलमा ३ करोड रुपैयाँ फार्म सञ्चालित छ। “फार्मसम्म जाने सडकको अवस्था भने मृत्युमार्ग जस्तो छ। तर पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिएको छु,” उनले भने। प्रहरी सहायक निरीक्षकबाट अवकाश भएका तिमिल्सिना जागिर छाडेको तीन महिनामा वडाध्यक्ष बनेका थिए।
चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो। पोखरा–बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उहाँको फार्म जो–कोहीका लागि मन लोभ्याउने केन्द्र बनेको छ।
फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँका माछा पारखीसम्म पुग्ने तिमिल्सिनाले बताए। फार्ममा हाल पाँच जनाले रोजगार पाइरहेका छन्। फार्ममा वार्षिक ३० टन माछा उत्पादन हुने उनले बताए।
२०७१ सालमा उक्त फार्म यामप्रसाद शर्मासहितका व्यक्तिले सञ्चालनमा ल्याएका थिए। केही वर्षअघि आएको बाढीले फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाले सामूहिक लगानीमा पुनः नयाँ जग्गामा फार्म सञ्चालन गरिएको थियो। फार्म व्यवस्थापनको जिम्मा तिमिल्सिनाले लिएका छन्।
सञ्चालक तिमिल्सिनाले फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर १ करोडभन्दा बढी बचत हुने गरेको जानकारी दिए। हाल रेम्बो ट्राउट प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
