जावलाखेल मछिन्द्र फुटबल क्लबलाई २–० को गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ।
कास्की– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ।
पोखरा रंगशालामा आज भएको खेलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० को गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। खेलको ५४औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी निकोलस हेमिलटनले गोल गर्दै जावलाखेललाई दिलाए। यसैगरी दोस्रो गोल ६४औं मिनेटमा बौबुकार सिसोखोकोले गरे।
मछिन्द्र पटक–पटक खेलमा फर्किन खोजे पनि त्यसलाई जावलाखेलका खेलाडीहरूले विफल तुल्याए। खेलमा निकोलस ‘प्लेयर अफ दि म्याच’ घोषित हुँदै नगद १० हजार पुरस्कार पाए।
सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीको सहभागिता छ।
प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजार,उपविजेताले रु सात लाख एक हजार पाउने छन्। सहाराले यस वर्ष प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरेको हो। गत वर्ष उपाधि विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजी कम्पनीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउँदा, अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजारका साथमा ट्रफी पुरस्कार पाउने सहाराले जनाएको छ। यसैगरी हरेक म्याचमा ‘मेन अफ दि म्याच’ पुरस्कार १० हजार र ट्रफी रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
