वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा सीमित भयो।
काठमाडाैँ– टी२० विश्वकप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ।
वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा सीमित भयो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले तीन चाैका प्रहार गरे। कप्तान रोहित पौडेलले दुई छक्कासहित २३ रन जोडे। यस्तै, आसिफ शेखले २० र दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। करण केसीले अविजित १८ रन बनाए।
ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए भने लोकेश बम ३, गुलशन झा ३ र नन्दन यादव शून्यमा आउट भए। सन्दीप लामिछानेले ५ रन जोडे।
इटालीका क्रिशान कलुगामागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बेन मानेन्तीले ४ ओभरमा ९ रन मात्र दिँदै २ विकेट लिए। अली हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान १/१ विकेट लिए।
आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
