आईसीसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्यान्डबाट १७१ रनको लक्ष्य पाएको छ।
काठमाडौँ— आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई १७१ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो।
स्कटल्यान्डका लागि ओपनर माइकल जोन्सले अर्धशतकीय इनिङ्स खेल्दै ४५ बलमा ८ चौका र ३ छक्काको मद्दतले ७१ रनको योगदान दिए। यस्तै, जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलनले २५ रन बनाए।
नेपालका तर्फबाट सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा कप्तान रोहित पौडेल र कुशल भुर्तेलको नाममा १–१ विकेट रह्यो। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले भने विकेट लिन सकेनन्।
विश्वकपको समूह चरणबाट बाहिरिसकेका दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्र हो। यसअघि नेपाल लगातार तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। नेपाल पहिलो खेलमा इंग्ल्यान्ड, दोस्रोमा इटाली र तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
