टी२० विश्वकपको सुपर–८ खेलमा कप्तान एडेन मार्करमको अविजित ८२ रनको मद्दतले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनल नजिक पुगेको छ।
काठमाडौँ– आईसीसी टी२० विश्वकप २०२६ को सुपर–८ खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि नौ विकेटले विजयी भएको छ।
वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो। दक्षिण अफ्रिकाका लागि कप्तान तथा ओपनर एडेन मार्करमले अविजित ८२ रन र रायन रिकेल्टनले अविजित ४५ रन बनाए। मार्करमले ४६ बलमा ७ चौका र ४ छक्का प्रहार गरे भने रिकेल्टनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि, अर्का ओपनर क्विन्टन डिकक २४ बलमा समान ४–४ चौका र छक्का प्रहार गर्दै ४७ रन जोडेर आउट भएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको शुरूआत निकै खराब थियो। चौथो ओभरमै चार विकेट गुमाएको वेस्ट इन्डिज १०.२ ओभरमा ७ विकेटको क्षतिमा ८३ रनको स्थितिमा थियो। त्यसपछि जेसन होल्डर र रोमारियो शेफर्डले आठौँ विकेटका लागि ८९ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा १७६ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो।
होल्डरले ३१ बलमा ४९ रन बनाए भने शेफर्डले ३७ बलमा अविजित ५२ रन जोडे। होल्डरले ४ चौका र ३ छक्का तथा शेफर्डले ३ चौका र ४ छक्का प्रहार गरे। बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट लिए भने कागिसो रबडा र कोर्विन बोचले २–२ विकेट हात पारे।
यो जितसँगै दक्षिण अफ्रिका सेमिफाइनलनजिक पुगेको छ। सुपर–८ मा दोस्रो जित निकालेको अफ्रिकाले यसअघि भारतमाथि ७६ रनको फराकिलो जित हात पारेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
