आईसीसी टी२० विश्वकपको उपाधि भिडन्तमा भारतले न्युजिल्यान्डलाई जितका लागि २५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
काठमाडौँ– आईसीसी टी२० विश्वकप क्रिकेटको उपाधि भिडन्तमा भारतले न्युजिल्यान्डलाई २५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल तयार पारेको छ।
भारतको पारीमा सञ्जु सैमसनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ५ चौका र ८ छक्काको मद्दतले सर्वाधिक ८९ रन बनाए। त्यस्तै, इशान किशनले २५ बलमा ५४ रन र अभिषेक शर्माले २१ बलमा ५२ रन जोडे।
अन्त्यतिर शिवम दुबेले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २६ रन बनाए भने हार्दिक पाण्ड्याले १८ रनको योगदान दिए। कप्तान सूर्यकुमार यादव भने खाता नखोली (गोल्डेन डक) आउट भए। तिलक बर्मा ८ रनमा अविजित रहे।
बलिङतर्फ न्युजिल्यान्डका जेम्स निशमले ३ विकेट लिए। यस्तै, म्याट हेनरी र रचिन रवीन्द्रले समान १–१ विकेट हात पारे। अब विश्वकपको उपाधि चुम्न न्युजिल्यान्डले २० ओभरमा २५६ रन बनाउनुपर्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
