भारतको अहमदाबादमा आइतबार भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले हराएको हो।
काठमाडौँ- आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि भारतले जितेको छ। भारतको अहमदाबादमा आइतबार भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले हराएर उपाधि जितेको हो। अघिल्लो संस्करणको टी-२० विश्वकप पनि भारतले नै जितेको थियो।
आइतबार भएको खेलमा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५५ रन बनायो।
२ सय ५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो।
भारतका लागि सञ्जु स्यामसनले सर्वाधिक ८९ रन बनाए। ४६ बल खेलेका उनले ८ छक्का र ५ चौका प्रहार गरे । त्यस्तै अभिषेक शर्माले ५२ रन र इशान किशनले ५४ रन बनाए। न्युजिल्यान्डका लागि जेम्स निशमले ३ विकेट लिए।
दोस्रो इनिङमा न्युजिल्यान्डका लागि टिम सिफर्टले ५२ र मिचेल सान्टनरले ४३ रन बनाए पनि जितका लागि पर्याप्त भएन। भारतका जसप्रित बुमराहले ४ विकेट र अक्षर पटेलले ३ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
