इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को विश्वकपमा आफ्नो देश सहभागी नहुने बताएका हुन्।
काठमाडौँ- इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ। इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को विश्वकपमा आफ्नो देश सहभागी नहुने बताएका हुन्।
पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परेको हो। यता फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा स्वागत गर्ने बताएका थिए।
इरानी मन्त्री दुनियामालीले एक अन्तर्वार्तामा आफ्नो देशको नेताको हत्या गर्ने भ्रष्ट सरकारको देशमा गएर खेल्ने कुनै परिस्थिति नरहेको भन्दै आफ्ना खेलाडीहरू त्यहाँ सुरक्षित नरहेको बताए।
विश्वकप जुन ११ देखि सुरु हुँदैछ। इरानले जुन १५ मा न्युजिल्यान्ड, जुन २१ मा बेल्जियम र जुन २६ मा इजिप्टसँग खेल्नुपर्ने तालिका रहेको थियो। इरानको समूह चरणका सबै खेल अमेरिकाका शहरहरू लस एन्जलस र सियाटल लगायतमा हुने तालिका छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
