मन्त्रिपरिषद्ले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै गृहमन्त्री अर्यालले भने, “मन्त्रिपरिषद्ले मलाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।”
त्यस्तै, बैठकले जेन–जी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरी मन्त्रिपरिषद्मा ग्रहण गर्ने निर्णय पनि गरेको छ।
बैठकले नेपालका हिमाली तथा बेँसी क्षेत्रमा हिमताल विस्फोटन, बाढी र जलवायु परिवर्तनजन्य जोखिम न्यूनीकरण गर्न हरित जलवायु कोषबाट संयुक्त राष्ट्र संघीय विकास कार्यक्रममार्फत प्राप्त हुने दुई करोड ४२ लाख ६७ हजार ४२७ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ।
त्यसैगरी, युद्ध प्रभावित पश्चिम एशियाली मुलुकहरूमा रहेका तथा ट्रान्जिटमा अलपत्र परेका नेपालीहरूको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली राजदूतावासहरू– रियाद, अबुधाबी, दोहा, कुवेत सिटी, मनमा, मस्कट, इस्लामाबाद, कायरो र तेलअभिभ तथा नेपाली महावाणिज्य दूतावासहरू जेद्दा र दुबईलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
