सोमबार साँझ चलेको हावाहुरीले रामेछापका विभिन्न स्थानमा विद्यालय र निजी संरचनामा क्षति पुर्याउनुका साथै जिल्लाभरको विद्युत् सेवासमेत अवरुद्ध पारेको छ।
रामेछाप– सोमबार साँझ चलेको भीषण हावाहुरीले रामेछापका विभिन्न स्थानमा व्यापक क्षति पुर्याएको छ। हावाहुरीका कारण निजी तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको स्थानीयले बताएका छन्।
तीव्र गतिको हावाले घर तथा सार्वजनिक भवनका छाना उडाउनुका साथै कतिपय संरचनामा आंशिक क्षति पुर्याएको छ। दोरम्बा शैलुङ गाउँपालिका–२ स्थित काकलिङ माध्यमिक विद्यालयको एउटा भवनको छानो उडाएको छ। यस्तै, सुनापति गाउँपालिका–५ भिरकोटस्थित बाल माध्यमिक विद्यालयको भवनमा नजिकैको रुख ढल्दा क्षति पुग्नुका साथै विद्यालयको शौचालयसमेत भत्किएको छ।
हावाहुरीले जिल्लाका विभिन्न स्थानका व्यक्तिगत घरहरूमा पनि क्षति पुर्याएको छ। क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।
यसैगरी, हावाहुरीका कारण जिल्लाभरको विद्युत् सेवा समेत प्रभावित भएको छ। सोमबार साँझदेखि अवरुद्ध विद्युत् आपूर्ति मंगलबार दिउँसोसम्म पनि पूर्ण रूपमा सुचारु हुन सकेको छैन।
नेपाल विद्युत् प्राधिकरण, मन्थली वितरण केन्द्रका अनुसार सिन्धुली र दोलखातर्फबाट आएको प्रसारण लाइनमा एकैपटक ‘फल्ट’ देखिएकाले विद्युत् सेवा बन्द भएको हो। प्राधिकरणले समस्या पहिचानका लागि प्राविधिक टोली खटाएको भए पनि मङ्गलबार बिहानसम्म समस्याको यकिन पहिचान हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
