खोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङको केपिलासगढी गाउँपालिका-२ को बालावेशीमा मंगलबार दिउँसो १२ बजे हेलिकप्टर दुर्घटनामा परेको हो।

काठमाडौँ- खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ। खोटाङको केपिलासगढी गाउँपालिका-२ को बालावेशीमा मंगलबार दिउँसो १२ बजे एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो।

हेलिकप्टर अवतरणका क्रममा अनियन्त्रित भई बारीको भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ।

हेलिकप्टरमा पाइलट सविन थापासहित ६ जना यात्रु सवार थिए।