हेलिकप्टर अवतरणका क्रममा किन असन्तुलित भयो भन्नेबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
काठमाडौँ– खोटाङको बालावेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलटसहित दुई जनाको काठमाडाैँमा उपचार भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा पाइलट र एक जना यात्रु घाइते भएका थिए। घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्काल उद्धार गरी उनीहरूलाई थप उपचारका लागि दिउँसो १२ः४२ बजे काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। घाइते दुवै जनाको नाम खुलाइएको छैन।
कार्यालयका अनुसार, एयर डाइनेस्टीको नाइन एन–एएफक्यू हेलिकप्टर काठमाडौँबाट ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना लिएर खोटाङको बालावेशी (खानिडाँडाबाट १७ किलोमिटर उत्तर–पूर्व)का लागि उडेको थियो। बुधबार बिहान ११ः०९ बजे अवतरण गर्ने क्रममा असन्तुलित भई जमिनमा पल्टिएको कार्यालयले जनाएको छ।
कार्यालयअन्तर्गतको खोज तथा उद्धार समन्वय केन्द्रले घटनाको थप विवरण संकलन गरिरहेको जनाएको छ। हेलिकप्टर अवतरणका क्रममा किन असन्तुलित भयो भन्नेबारे विस्तृत अनुसन्धान हुन बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
