फिल्म निर्माणको बहानामा सरकारी बजेट दुरुपयोग गरेको अभियोगमा अख्तियारले अछामको ढकारी गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
काठमाडौँ— अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणको नाममा बजेट दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। राजेश हमाल अभिनीत ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि बिनाप्रतिस्पर्धा बजेट विनियोजन गरी सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि भएपछि आयोगले बिहीबार आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद र आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल भनिने रामबहादुर लम्सालले आपसी मिलेमतोमा सरकारी रकम दुरुपयोग गरेका हुन्।
उनीहरूले सार्वजनिक खरिद नियमावली विपरीत, बजेट नै विनियोजन नभएको 'अन्धपथ' चलचित्र निर्माणका लागि १५ लाख ५ हजार रुपैयाँको सम्झौता गरी कार्य अघि बढाएको अनुसन्धानबाट खुलेको छ। खरिद आवश्यकताको पहिचान र लागत अनुमान नै तयार नगरी बदनियतपूर्वक गरिएको उक्त सम्झौतालाई वैधानिकता दिन कार्यपालिका बैठकबाट पछि अनुमोदन गराइएको आयोगको दाबी छ।
अनुसन्धानका क्रममा प्रचलित कानूनअनुसार २० प्रतिशतभन्दा बढी पेस्की दिन नमिल्ने व्यवस्था भए पनि सम्झौतामा ३५ प्रतिशत र वास्तवमा ५८ प्रतिशतसम्म रकम बैंक जमानतबिनै उपलब्ध गराइएको फेला परेको छ। सम्झौता आरजे ट्वान्टी फोर न्यूजसँग भए पनि भुक्तानी भने नव इन्द्रेणी फाउन्डेसनलाई गरिएको र निर्माणका नाममा पेश गरिएका बिलहरूसमेत झूट्टा तथा नक्कली भएको आयोगले उल्लेख गरेको छ। हिउँदे अधिवेशनबाट जबरजस्ती कार्यक्रम संशोधन र रकमान्तर गरी सरकारी सम्पत्ति हिनामिनालाई ढाकछोप गर्ने प्रयास गरेको आयोगको भनाइ छ।
अख्तियारले प्रतिवादीहरूबाट जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो मागदाबी गरेको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर पुष्टि हुने देखिएकाले जनही बिगो बमोजिम जरिबाना र कैद सजायको माग गरिएको छ। साथै, पालिका अध्यक्ष साउदको हकमा निर्वाचित पदमा बसेर भ्रष्टाचारजन्य कार्य गरेको भन्दै थप सजायको समेत मागदाबी लिइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
