सुनसरीको रामधुनी–५ मा नम्बर नखुलेको पिकअप गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रामधुनी–५ स्थित लगुनामोडमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको, नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको थियो।
सोही दुर्घटनामा इटहरी–१८ नयाँ टोलका ३५ वर्षीय देवराज बुढाथोकी घाइते भएका छन्। घाइते बुढाथोकीको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गाडीसहित चालक फरार रहेकाले खोजी भइरहेको डीएसपी खड्काले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
