कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
काठमाडौँ- नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागमा र बाँकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।
आज दिउँसो देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी , लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, आज राति देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थानहरू, र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
