बाजुरामा शुक्रबार बिहानैदेखि भइरहेको लगातार वर्षा र उच्च हिमाली क्षेत्रको हिमपातले जनजीवन प्रभावित हुनुका साथै सडक र विद्युत् सेवा अवरुद्ध भएको छ।
बाजुरा– बाजुरामा शुक्रबार बिहानैदेखि लगातार वर्षा भइरहेको छ। बिहीबार साँझदेखि मौसममा आएको परिवर्तनसँगै शुक्रबार बिहानदेखि वर्षा शुरू भएको हो।
वर्षासँगै जिल्लाका उच्च हिमाली तथा लेकाली भू–भागमा पुनः हिमपात भएको छ। माघ र चैतमा गरी यस वर्ष बाजुरामा चार पटक हिमपात भएको छ। माघमा भारी हिमपात भएको थियो भने चैतमा बेसी क्षेत्रमा वर्षा र उच्च क्षेत्रमा हिमपात हुँदै आएको छ।
लगातारको वर्षापछि उच्च हिमाली तथा लेकाली क्षेत्रहरू हिउँले सेताम्य बनेका छन्। बडीमालिका, गौमुल, हिमाली, त्रिवेणी र बुढीनन्दा लगायतका पालिकाका उच्च क्षेत्रहरूमा हिमपात भएको छ भने अन्य पालिकामा वर्षा भइरहेको छ।
वर्षा र हिमपातका कारण किसानहरू भने उत्साहित भएका छन्। हिउँदे बाली सप्रिने र फलफूल खेतीमा समेत राहत पुग्ने भन्दै स्थानीय कृषकहरू खुशी भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
यता, लगातारको वर्षाका कारण सडकखण्डहरू हिलाम्मे बनेका छन्। मार्तडीदेखि पूर्वी–उत्तरी भेग जाने सडकमा यातायात सञ्चालनमा कठिनाइ भएको छ।
त्यस्तै, विद्युत् आपूर्ति पनि अवरुद्ध बनेको छ। वर्षाका कारण विद्युत् लाइनमा समस्या आएपछि बिहानैदेखि सेवा प्रभावित भएको छ। चिसो अत्यधिक बढेपछि स्थानीय प्रशासनले घरभित्रै बस्न, न्यानो कपडा प्रयोग गर्न र सतर्क रहन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
