जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ।
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास र असिनासहितको वर्षा भइरहेको जनाएको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भएको हो।
विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ। उनले मकवानपुर गढीमा ४४.२ मिलीमिटर वर्षा भएको जानकारी दिए।
त्यस्तै काठमाडौँको बबरमहल क्षेत्रमा ७.८ मिलीमिटर तथा कीर्तिपुरमा १६.८ मिलीमिटर वर्षा मापन गरिएको दाहालले बताए। हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट बिस्तारै उत्तरपूर्वतर्फ सर्दै गएको उनले जानकारी दिए। उनले आगामी करिब तीन घण्टासम्म हुरीबताससहित वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्।
विभागका अनुसार हुरीबताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन्। विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
शुक्रबार राति र शनिबारसम्म मधेश प्रदेशलगायत कोशी, बागमती र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ। कमजोर अवस्थामा रहेका रूख ढल्ने, कच्ची संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवाका साथै हवाई तथा सडक यातायात प्रभावित हुने जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
