वर्षासँगै भीमफेदीको गंगटेमा पहिरो खसेपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।
वर्षासँगै शुक्रबार बेलुका ५:०० बजेतिर पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय ठिङगनबाट प्रहरी टोली खटिएको र पहिरो पन्छाउने प्रयास भइरहेको बोगटीले बताए।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको छ। मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ।
हुरीबताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन्। विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
