जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भूभागमा बादल लागेको छ।
काठमाडौँ- नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भूभागमा बादल लागेको छ। देशका बाँकी भूभागमा पनि साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा र हिमपात भइरहेको छ।
आज दिउँसो देशभरका अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
