बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

काठमाडौँ– बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार सोमबार दिउँसो १:१४ बजे बझाङको रायाल आसपास केन्द्रविन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले यहाँ विभिन्न समयमा साना-ठूला भूकम्प जाने गर्दछन्।