रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा २ करोड रुपैयाँको लागतमा निर्मित प्रसूति केन्द्रको भवन प्रयोगमा नआउँदै पहिरोका कारण क्षतिग्रस्त भएको छ।
रामेछाप– रामेछापको सुनापति गाउँपालिका–१, गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नआउँदै भत्किएको छ। संघीय सरकारको करिब दुई करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवन प्रयोग शुरू नहुँदै क्षतिग्रस्त भएको हो।
स्वास्थ्य चौकी भवनको तल्लोपट्टिको चौर सम्म्याएर बनाइएको थियो। भवन निर्माण गरिएको स्थानको तल्लो भागमा सडक खनिनु र माथिल्लो भाग सम्याइएका कारण दुवैतर्फबाट पहिरो खस्दा नवनिर्मित भवनमा ठूलो क्षति पुगेको हो। पहिरोले भवनको जग नै तानेपछि दुईतले भवनका पर्खालहरू चिरा-चिरा परेका छन् भने भवनको केही भाग पुरिएको छ।
भवनसँगै निर्माण गरिएको शौचालयको जग समेत बगेपछि संरचना पूर्ण रूपमा जोखिममा परेको छ। वडाध्यक्ष ध्रुव चौलागाईंका अनुसार गत वर्ष र यस वर्षको अविरल वर्षाका कारण जमिन भासिएर भवनमा क्षति पुगेको हो।
नयाँ बनेको भवन प्रयोग गर्न नपाई क्षति पुगेपछि साँघुरो कोठामा प्रसूति केन्द्र सञ्चालन गर्नुपरेको उनले बताए। “यो भवनमा छिर्न सक्ने अवस्था नै छैन, हामीलाई एउटा भवनको अत्यावश्यक छ,” चौलागाईंले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
