बैंककबाट काठमाडौँ आएका एक थाई नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे तीन किलो अवैध लागुऔषध गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित सोमबार एक जना थाई नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैंककबाट काठमाडौँ आएका ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेका छन्। उनको राहदानी नम्बर एसी २५६६३५६ रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
नेउपानेले भने, “आज थाई एयरलाइन्सको उडान नम्बर टिजी ३०९ मार्फत बैंककबाट काठमाडौँ आएका थुइओनले आफ्नो सुटकेसभित्र प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ अन्दाजी तीन किलो ४३५ ग्राम (प्लास्टिकसहित) लुकाइछिपाई लैजान लागेको अवस्थामा विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो।”
नियन्त्रणमा लिइएका थुइओनलाई थप आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको नेउपानेले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
