विश्व पानी दिवस २०२६ को अवसरमा आयोजित कार्यशालाका वक्ताहरूले नेपालको जल नीति र वितरण प्रणालीलाई महिलामैत्री बनाउन सके मात्र आर्थिक–सामाजिक समानता हासिल हुने धारणा राखेका छन्।
काठमाडौँ– खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपालको पानी नीति, आपूर्ति पद्धति र उपयोग शैली महिलामैत्री बनाउन सुझाव दिएका छन्। विश्व पानी दिवस– २०२६ का अवसरमा ‘स्मार्ट वास सोलुसन्स’ को आयोजनामा पानी र लैङ्गिक समानता विषयमा सोमबार यहाँ भएको कार्यशालाका वक्ताहरूले यस्तो सुझाव दिएका हुन्।
कार्यक्रममा अन्तर्राष्ट्रिय जल व्यवस्थापन प्रतिष्ठानका निर्देशक डा. मनोरमा खड्काले नेपालको पानीसम्बन्धी नीति, कार्यक्रम, अभ्यास र परम्परा महिलामैत्री बनाउन नसकिएकाले महिलाहरूको आर्थिक, सामाजिक, शैक्षिक र समग्र विकास प्रभावित भएको बताइन्। उनले अझै पनि नेपालका ग्रामीण क्षेत्रमा पानीको आपूर्ति सहज नभएको र खानेपानीदेखि घरेलु काममा उपयोग गरिने पानी सङ्कलनको जिम्मेवारी महिलाले नै लिनुपर्ने प्रचलनले छोरीहरूको पढाइ र सामाजिक सहभागिता प्रभावित भएको उल्लेख गरिन्। उनले पानी सङ्कलनका क्रममा महिलाहरूले हिंसासमेत सहनुपरेको बताउँदै भनिन्, “दलित महिलाहरूको स्थिति त भयावह छ। तराई होस् कि पहाड, जातीय विभेद र छुवाछूतको पीडा भनिसाध्य छैन।”
खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले घरको काम पुरुष र महिलाले बराबरी गर्ने अभ्यास नहुनु नै महिला विकासको बाधक भएको बताइन्। उनले केही प्रदेशका पालिकाहरूमा दातृ निकायको सहयोगमा ‘एक घर एक धारा’ अभियान चलेकाले यो पूर्ण भएमा महिलाहरूको आर्थिक–सामाजिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इन्जिनियर डा. कपिल ज्ञवालीले पानीको बहुपक्षीय उपयोगको महत्त्वलाई आत्मसात् गरेर आयोगले विश्व पानी दिवस, हिमनदी दिवस र जल तथा मौसम दिवसलाई समेट्ने गरी ‘वास विक’ नै मनाउन थालेको जानकारी दिए।
पूर्वमन्त्री गणेश साहले पानी संसारभरका सबै वर्ग, पेसा र समुदायका लागि सुख तथा समृद्धिको माध्यम भएको बताए। “जसकहाँ पानी बढी छ, ऊ धनी छ। पानी नहुने गरिब छ। पानीले धनी बनाउन सक्छ,” उनले भने। उनले पानीको सहज उपलब्धता, पहुँच र किफायतीपन महत्त्वपूर्ण हुने उल्लेख गरे।
कार्यक्रमको दोस्रो सत्रमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. सुनिलबाबु श्रेष्ठद्वारा सञ्चालित बहसमा विज्ञ, नीतिनिर्माता र स्थानीय निकायका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रका असल अभ्यासका बारेमा बताएका थिए। कार्यक्रममा स्मार्ट वास सोलुसन्सका अध्यक्ष रामदीप साहले स्वागत र वाटर एड नेपालका कवीन्द्र पुडासैनीले समापन मन्तव्य राखेका थिए।
संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि विश्व पानी दिवस मनाउन थालेको हो। यस वर्षको पानी दिवस ‘पानी र महिला’ विषयमा केन्द्रित छ भने नारा ‘जहाँ पानी प्रवाहित हुन्छ, त्यहाँ समानता बढ्छ’ भन्ने रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
